०३ असार २०८३, बुधबार

सुर्खेतमा गाडी दुर्घटना, एक जनाको मृत्यु

फागुन १५, २०८१
सुर्खेत
सुर्खेतमा गाडी दुर्घटना, एक जनाको मृत्यु

सुर्खेतमा बिहीबार दिउँसो भएको फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

दैलेखको दुल्लुबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा परेर घाइते भएकी सुर्खेतकी भावना लामिछानेको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बराहताल गाउँपालिका–५ सुर्खेतकी २८ वर्षीया लामिछानेको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कर्णालीका प्रमुख, एसपी भावेश रिमालले जानकारी दिए । 

दुर्घटनामा सोही ठाउँकी ४२ वर्षीया मनीषा लामिछाने, ३३ वर्षीया सुनिता रिजाल, दैलेखको दुल्लु नगरपालिका–२ का ४३ वर्षीया दिलु भण्डारी, २१ वर्षीया भगवती थापा, २० वर्षीय डिलबहादुर शाही र दुल्लु नगरपालिका–४ का २२ वर्षीय कमल विश्वकर्मा घाइते छन् । 

यस्तै, दुल्लु नगरपालिका– ४ का २९ वर्षीय मिनराज पाण्डे, ३९ वर्षीय उपेन्द्र खड्का, २८ वर्षीय नारायणप्रसाद उपाध्याय, ३६ वर्षीय पूर्णबहादुर विक,  दुल्लु नगरपालिका–३ का ३७ वर्षीय खगेन्द्रबहादुर शाही, ३० वर्षीय सुस्मिता गौतम, १० वर्षीय ईभान जेलिना कार्की र वीरेन्द्रनगर–५ सुर्खेतका ३७ वर्षीय इन्द्रा कार्की घाइते भएका छन् । घाइतेहरूको सुर्खेतका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्