२५ असार २०८३, बिहीबार
जीवनदर्शन

किन सगोत्रीमा विवाह गर्नु हुँदैन ?

चैत २३, २०८१
काठमाडौं
किन सगोत्रीमा विवाह गर्नु हुँदैन ?

बालादिनमा बुढापाकाबाट सगोत्रीमा विवाह गर्नुहुँदैन । अन्यथा हाडनातामा पर्छ र भावी सन्ततीमा जैविक समस्या देखिन सक्छ भन्ने गरिएको सुनिएको थियो । पछि गएर थाहा भयो यो कुरा धर्मशास्त्रमै उल्लेख भएको रहेछ तर, हिजोआज समाज यसतर्फ बेखबरजस्तो देखिन थालेको छ । यस्तो हुनु राम्रो होइन, जसले एक दिन वंशोच्छेदसम्मको अवस्था  सिर्जना गर्न सक्छ । यद्यपि यस्तो कुरा सुन्दा कतिलाई आश्चर्य लाग्न सक्छ तर, आश्चर्य मान्नुपर्दैन । किनभने जति नै पुस्ता भए पनि र जुनसुकै गोत्रका भए पनि सगोत्रीहरूका पुर्खा एउटै हुन्, जसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ । यस आलेखमा यसैबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ ।  

जस्तो भ्रुणबाटै जीवन बन्छ र भ्रुणले नै लिङ्ग निर्धारण गर्छ भन्ने सबैलाई थाहा छ र पुस्तान्तर हुँदै जाने जीवतत्व भ्रुणमै हुन्छ भन्ने पनि सबै थाहा छ तर, यसभित्रको आन्तरिक कारण के कस्तो छ र केकस्तो प्रक्रिया पूरा हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । सामान्यतया भन्ने गरिन्छ पुरुषको वीर्य र स्त्रीको रजबाट भ्रुणोत्पत्ति हुन्छ । हो, हुने यही हो तर, यो रूपमा मात्र हो सारमा होइन । सारमा त के हो भने पुरुषको वीर्य तथा स्त्रीको रजमा रहेको जीवतत्वबाट भ्रूण बन्ने हो र लिङ्ग निर्धारण पनि त्यसैले गर्ने हो । 

समागमको बेला पुरुषको शुक्रकीटमा रहेको २३ जोडी र महिलाको रजमा रहेको २३ जोडीगरी जम्मा ४६ जोडी जीवतत्वबाट भ्रूण बन्छ तर, तिनमा लिङ्ग निर्धारण गर्ने जीवतत्व भने पुरुष र महिलामा एक–एक जोडी मात्र हुन्छन् । अन्य जोडीले अरू नै काम गर्छन् । लिङ्ग निर्धारण गर्ने पुरुषको शुक्रकीटमा रहेको जीवकोष जोडीमा एक्स र वाई तथा महिलाको रजमा रहेको जीवकोष जोडीमा दुवै वाई जीवतत्व रहेका हुन्छन्, जसलाई क्रोमोजोम (गुणसूत्र) भनिन्छ । यी दुईं जोडी जीवतत्वमध्ये लिङ्ग निर्धारण गर्ने जीवतत्व भने पुरुषको शुक्रकीटमा मात्र हुन्छ । 

अर्थात् यदि समागमपश्चात् बाबुको शुक्रकीटमा रहेको एक्स र आमाको रजमा रहेको वाई क्रोमजोम मिलेर लिङ्गनिर्धारण गरेका छन् भने पुत्रको जन्म हुन्छ । होइन बाबुको शुक्रकीटमा रहेको वाई र आमाको रजमा रहेको वाई मिलेर लिङ्ग निधारण गरेका रहेछन् भने छोरीको जन्म हुन्छ । यसको अर्थ हो जहाँ बाबुको शुक्रकीटमा रहेको एक्स प्रबल रहेको हुन्छ त्यहाँ उसले आमाको रजमा रहेको वाईसँग मिलेर छोरो उत्पन्न गर्ने भयो । होइन बाबुको एक्स कमजोर र वाई प्रबल रहेछ भने आमाको रजमा रहेको वाईसँग मिलेर छोरी उत्पन्न गर्ने भयो । 

यसरी पुरुष लिङ्गधारक क्रोमजोम एक्स पुरुषको शरीरमा मात्र हुने भएकाले पुत्र, प्रपौत्र हुँदै बाबुकै गोत्रले वंश विस्तार हुन पुगेको हुन्छ । जति पुस्ता भए पनि र जुन गोत्रका भए पनि एउटै गोत्रका पुर्खा एउटै हुनुको कारण यही हो । किनभने उनीहरू सबैमा एउटै पुर्खाका एक्स जीवतत्व सर्दै आएको हुन्छ । त्यसैलेले सगोत्रीमा विवाह गर्नुहुँदैन भनिएको हो । किनकि यस्तो अवस्थामा वर र कन्याको बाबुले एउटै जीवतत्व बहन गरेका हुन्छन् ।  

हिजोआज कहीँकतै कन्याको दान हुँदैन, यो त विशुद्ध पितृसत्तावादी सोच हो भन्ने गरिएको पनि पाइन्छ तर, यो विशुद्ध भ्रमबाहेक केही होइन । वास्तविकता बुझ्दैनबुझी बित्थामा बुर्लुकबुर्लक उफ्रनुको अर्थ छैन । किनभने कन्याको बाबुले छोरीको दान नभई उसको गोत्रको दान गरेको हुन्छ । छोरीमा आफ्नो गोत्र विस्तार गर्ने तत्व नभएपछि वंश विस्तार गर्न पनि दान गर्नै पर्ने भयो । त्यसैले बाबुले तीनपुस्ते उच्चारणगरी कन्यालाई वरको गोत्रमा सारिदिएका हुन्छन् र कन्याले पनि वरको गोत्र बहनगरी त्यसैको आधारमा आफ्नो वंशविस्तार गर्ने गर्दछिन् ।  

धर्मसंस्कृतिका अध्येता भाइ पुन्यप्रसाद रिजालले आफ्नो कृति ‘धनञ्जय सन्तति’ मा लिङ्ग निर्धारक एक्स र वाई क्रोमजोमलाई क्रमशः विष्णु र लक्ष्मी भनेका छन् । उनले यसको कारण खुलाएका त छैनन् तर, मानिसको आदिम पुर्खातिर सङ्केत गरेको भने प्रष्टै अनुभूत गर्न सकिन्छ । किनकि मानवको आदिम पुर्खा भनेका नारायण हुन् । नारायण भएपछि साथमा लक्ष्मी पनि हुने नै भइन् । हाम्रो धर्मसंस्कृति र संस्कारले पनि त्यस्तै सङ्केत गर्दछ । उदाहरणका लागि सानो दृष्टान्त प्रस्तुत गर्न चाहन्छु ।

सानो छँदा पुज्य पिताजीले पुत्रको कामना गर्ने सज्जन दम्पतीहरूका घरमा हरिवंशपुराण भन्ने गुर्नभएको देखेको थिएँ । तीमध्ये केहीमा आफैँ पनि गणेश, द्वारपालको रूपमा सहभागी भएको छु । हरिवंश लगाएपछि उनीहरूलाई पुत्रलाभ भएको पनि देखेको थिएँ र आफैंले केही शिशुका न्वारनसमेत गराएको थिएँ । शायद त्यसैबाट प्रभावित भएर होला पछि गएर आफैंले पनि केही घरमा हरिवंशपुराण भनेको छु र आयोजकहरूलाई पुत्रलाभ भएको पनि पाएको छु । सामान्यतः यसलाई श्रद्धा र विश्वासको रूपमा लिन सकिए पनि यो त्यतिमा मात्र सीमित भने कम्तीमा मैले चाहिँ देखेको छैन । कारण हरि भनेको नारायणकै अर्को नाम हो र हरिवंशपुराण लगाउनु भनेको नारायणकै पूजा तथा प्रार्थना गर्नु हो । अनि नारायणको पूजा तथा प्रार्थना गर्नु भनेको उनलाई खुशी वा सन्तुष्ट पार्ने प्रयास गर्नु हो । अर्थात् बाबुको शुक्रकीटमा रहेको पुरुष लिङ्गधारक एक्स क्रोमजोमलाई प्रबल वा पुष्ट पार्ने प्रयास गर्नु हो । 

त्यसैले हिजो पुर्खाले जे भनेका थिए र जे गरेका थिए प्रकारान्तरले आजका वैज्ञानिक त्यही भन्दै र गर्दै आएका छन् भने प्राचीन ऋषिमुनिहरूलाई अवैज्ञानिक भन्न मिल्दैन र धर्मशास्त्र र शास्त्रीय परम्परालाई अन्धविश्वास भनेर पन्छाउन पनि मिल्दैन । अरू न सही कम्तीमा सगोत्री विवाहजस्तो आफ्नै पुस्तामै भयङ्कर जैविक असर गर्ने कुराहरूमा भने ध्यान दिनै पर्ने हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्