२३ जेठ २०८३, शनिबार

कश्मीरको पहलगाम आतंकवादी हमलाविरुद्ध काठमाडौंमा प्रदर्शन [तस्वीर/भिडियो]

बैशाख १३, २०८२
काठमाडौं

जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।  

पहलगाममा वैशाख ९ गते आतंकवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले सुदीप न्यौपानेलाई न्याय देऊ, हिन्दूको हत्या गर लगायतका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

null

घटनापछि नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको थियो । उक्त संवादमा आतंकवादका विरुद्ध दुई देश एक ठाउँ रहने विषयमा कुराकानी भएको थियो ।

पहलगाममा मंगलबार दिउँदो भएको भएको आतंकवादी हमला २०१९ को पुलवामा भएको हमलापछिको सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिएको छ । 

आक्रमणमा आतंककारीहरूले हिन्दू र मुस्लिम पर्यटकहरूलाई छुट्याउन क्रूर र अमानवीय तरिका अपनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

उनीहरूले पर्यटकको पहिचानपत्र जाँच गरे र नाम तथा अन्य विवरणको आधारमा उनीहरूको धार्मिक पृष्ठभूमि अनुमान लगाए ।

null

यसबाहेक आतंककारीले पुरुष पर्यटकहरूलाई पाइन्ट खोल्न लगाएर धार्मिक पहिचान पत्ता लगाएका थिए । विशेषगरी मुस्लिम समुदायको लिङ्ग खतना गरिएको हुन्छ । उनीहरूले लिङ्ग हेरेर धार्मिक पहिचान पत्ता लगाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पहलगाम आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालिसकेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार भएको मन्त्रिपरिषद् बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि स्थगित गर्ने, भारतमा रहेका सबै पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई एक हप्ता भित्र भारत छोड्न निर्देशन दिने र भारतले पनि आफ्ना सल्लाहकारहरूलाई फिर्ता बोलाउने लगायतका पाँच महत्त्वपूर्ण निर्णय गरेको थियो ।

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्