२८ जेठ २०८३, बिहीबार
कांग्रेसमा भावी नेतृत्वको बहस

पुरानो गुटबाट माथि उठ्ने देउवाको रणनीति, भावी नेतृत्वको सवालमा खुला !

बैशाख १६, २०८२
काठमाडौं
पुरानो गुटबाट माथि उठ्ने देउवाको रणनीति, भावी नेतृत्वको सवालमा खुला !

चौतर्फी घेराबन्दी र दबाबका बावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुटको विरासत सहजै हस्तान्तरण नगर्ने मानसिकता बनाएका छन् । 

भावी नेतृत्वका लागि नेता विशेषलाई अगाडि सार्न वा वचन दिन समूह भित्रैबाट दबाब छ । तर, १५ औं महाधिवेशनमा पुनः सभापतिमा दाबेदारी गर्न नमिल्ने अवस्थामा रहेका देउवा अहिले नै विरासतको उत्तराधिकारी तोकिहाल्ने पक्षमा देखिएका छैनन् । 

लामो समयदेखि नजिकबाट साथ दिएकै नेताका कारण देउवाले कोइराला विरासत ढालेर दुईपटक सभापति जितेका थिए । बलियो गुटबन्दीको अभ्यास गर्दै देउवाले पार्टीमा प्रभाव पनि जमाए । यसक्रममा सभापति नहुँदै देउवा २०५२, २०५८ र २०६१ मा गरी ३ पटक तथा सभापति भएपछि २ पटक गरी ५ पटक प्रधानमन्त्री भइसकेका छन् । अझै १ पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

देउवालाई नजिकबाट साथ दिएका धेरै नेताले छिटोभन्दा छिटो समूहको नेता तोकिदिन दबाब बढाएका छन् । तर, देउवा टसकोमस हुने स्थितिमा छैनन् । 

सामूहिक भेट्ने, असन्तुष्टहरू एक ठाउँमा उभिने, समूह छाड्ने, चेतावनी दिने, आफैं सम्मिलित सरकारको बचाउमा नलाग्ने स्थितिको सामना देउवाले गरेका छन् । तर, रणनीतिक चाल बढी र प्रतिक्रियाको राजनीति कम गर्ने देउवा ‘पर्ख र हेर’को मनस्थितिमा छन् । 

एकैपटक देखिएका यी दबाबको बेवास्ता गरेर जाने पक्षमा देउवा रहेको निकटस्थहरू बताउँछन् । 

यो पनि पढ्नुहोस्- जसले देउवाबाट पटकपटक लिए मौका, अहिले हान्न खोज्दैछन् अन्यत्र चौका !

‘१५ औं महाधिवेशन आउन अझै धेरै समय बाँकी छ । तर, अहिलेसम्मको स्थितिले कांग्रेसमा परम्परागत गुट पहिलेको स्थितिमा रहँदैनन् भन्ने बुझ्न गाह्रो छैन,’ देउवानिकटकै एक नेता भन्छन्, ‘यसैले हाम्रो चलाख सभापतिले सबै अनुकूलता नहेरी अहिले नै गुटको विरासत बिसाउने पात्रको घोषणा गर्नुहुन्न । बरु समय कुर्नुहुन्छ ।’

समूहकै छलफलमा पनि देउवाको बेवास्ता 

यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सभापति हुँदा देउवाले गुटगत राजनीति गरेका थिए । हरेक नियुक्तिमा महाधिवेशनमा पाएको मत प्रतिशतका आधारमा भागबण्डा खोज्ने अभ्यास देउवाले सभापति नहुँदासम्म गर्न छाडेनन् । 

पहिलोपटक २०७२ मा सभापति भएपछि पनि देउवाले समूहको बैठक बोलाउने गरेका थिए । तर, २०७८ मा दोस्रोपटक सभापति बनेयता देउवाले एकाधबाहेक समूहको छलफल डाक्नै छाडेका छन् । छलफलका लागि नेता विशेषलाई बोलाउने गरे पनि देउवाले समूहकै नाममा छलफल गर्ने अभ्यास घटाउँदै लगेको उनीनिकट नेताहरू बताउँछन् । 

‘१५ औं महाधिवेशन आउन अझै धेरै समय बाँकी छ । तर, अहिलेसम्मको स्थितिले कांग्रेसमा परम्परागत गुट पहिलेको स्थितिमा रहँदैनन् भन्ने बुझ्न गाह्रो छैन,’ देउवानिकटकै एक नेता भन्छन्, ‘यसैले हाम्रो चलाख सभापतिले सबै अनुकूलता नहेरी अहिले नै गुटको विरासत बिसाउने पात्रको घोषणा गर्नुहुन्न । बरु समय कुर्नुहुन्छ ।’

लामो समय गुटबन्दी, सबैखालका दबाब र प्रभावको राजनीति गर्ने नेताको रूपमा देउवा परिचित छन् । तर, सक्रिय राजनीतिको बिट मार्दै गर्दा देउवाले आफूलाई गुटबन्दी, प्रभाव र दबाबको राजनीति गर्ने नेताभन्दा माथि देखाउन खोजेका छन् । 

अर्थात्, आफूलाई साझा नेताको रूपमा देखाउने र सक्रिय राजनीतिबाट बिट मार्ने इच्छा देउवालाई भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । 

‘कुनै समय थियो, राजनीतिमा गिरिजाप्रसाद कोइरालाको सबैभन्दा बढी आलोचना हुनेगर्थ्यो । तर, राजनीतिक उत्तरार्द्धलाई सौहार्द बनाएर उहाँ जानुभयो,’ कांग्रेसका एक नेता भन्छन्, ‘हाम्रो सभापतिलाई पनि गुट तथा दबाब र प्रभावको राजनीति गरेको आरोप लाग्ने गरेको छ । सक्रिय राजनीतिबाट बिदा हुँदा गुटबन्दीबाट माथि उठ्ने सन्देश दिनुभयो । उहाँको ‘एक्जिट’ पनि नराम्रो हुने छैन ।’

नेता विशेषको ‘स्ट्रेन्थ’ हेर्ने

देउवालाई साथ दिएकामध्ये अधिकांश नेता ‘टेस्ट’ भइसकेका पात्र छन् । पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला १३औं र १४औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेर प्रभाव पार्न नसकेका नेता हुन् । 

यी तिनै नेताले दुवै महाधिवेशनलाई दोस्रो चरणसम्म धकेल्ने मात्रै सामर्थ्य राखेका थिए । दोस्रो चरणमा रिजल्ट ल्याउन केही भूमिका खेलेका थिए । तर, नेतृत्वका लागि आफूहरू नभई नहुने पात्रका रूपमा कांग्रेसमा दबाब बढाउन पनि उनीहरूले सकेनन् ।  

देउवाको दाबी नहुने भएपछि निधि, सिंह, सिटौला र डा. शशांक कोइरालाले १५औं महाधिवेशनकेन्द्रित दबाब बढाउन थालिसकेका छन् । यसअघि ११ नेताले २०८१ फागुनमा देउवालाई भेटेरै उत्तराधिकारी तोक्न माग गरेका थिए, जसमा उपसभापति पूर्णबहादुर खड्का, निधि, सिटौला, शशांक, सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, एनपी साउदसहितका नेता थिए । 

देउवाले मुख नखोल्दा आफूहरूलाई महाधिवेशनको तयारी गर्न डा. शेखर कोइराला र महामन्त्री गगन थापाले उछिनेको उनीहरूको गुनासो थियो । देउवाले आफूहरूलाई उपेक्षा गरेर कोइराला वा थापामध्ये एक जनालाई अगाडि सार्ने हुन् कि भन्ने चिन्तामा देउवालाई अहिलेसम्म साथ दिएका नेताहरू छन् । त्यतिखेरै देउवाले ‘अहिलेसम्म साथ दिएकोमा धन्यवाद’ भन्दै ‘समय आएपछि यही टीमबाट घोषणा गर्छु’ भनेर आश्वस्त पार्न खोजेका थिए । 

null

त्यसपछि उपसभापति खड्काबाहेक निधि, सिंह, कोइराला, सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महतले बैठक राख्ने र सभापतिलाई दबाब बढाउने नीति लिएका छन् । अर्कातिर, खाँण र साउदले क्याम्प छाडेर शेखरसँग सम्पर्क बढाएका छन् । तर, पनि देउवा आत्तिएका छैनन् । उनले सभापतिमा दाबेदारी गर्ने कसको के ‘स्ट्रेन्थ’ छ भनेर नाडी छामिरहेको एक नेता बताउँछन् । समूह छाड्न चाहनेप्रति पनि देउवाले कुनै पूर्वाग्रह नराखेको नेताहरूको बुझाइ छ ।

‘नबोले पनि देउवा राजनीतिका चतुर खेलाडी हुन् । आफूलाई साथ दिएका नेताहरूले दाबेदारी बढाउँदा र कतिपय नेता शेखरतिर पुग्दा पनि सभापति केही नभएको जस्तो गरी बस्नुभएको छ । क्याम्प छाड्नेलाई पनि किन छाडिस् भन्नुभएको छैन,’ ती नेता भन्छन्, ‘महाधिवेशन अलि टाढै हुँदै गर्दा कसको कति ‘स्ट्रेन्थ’ रहेछ भनेर पनि हेर्न खोज्नुभएको होला । यसैले उहाँ मुखै खोल्नुपरे अन्तिममा खोल्ने गरी महाधिवेशनसम्मको माहोल हेर्नेमा हुनुहुन्छ जस्तो लाग्छ ।’

कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले पार्टी सभापति भइसकेको र सक्रिय राजनीतिबाट निस्कँदै गर्दा एउटा जिम्मेवार नेतालाई नेता विशेषका नाममा निर्णय गरिदिन सहज नहुने बताए । 

‘अधिवेशन आउन धेरै बाँकी छ । अधिवेशन नजिकिँदा कोही न कोहीलाई अगाडि सार्नुपर्ने होला । त्यो बेला सभापतिबाट पनि एउटा निर्णय आउला,’ यादवले भने, ‘तर, कांग्रेसमा पहिलेजस्तो गुटको राजनीति हुनेगरी नेता विशेषको नाममा निर्णय हुँदैन । सभापतिले अन्तिममा भए पनि आफू साझा हुँ भन्ने देखाउने गरी नै मुभ चाल्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ ।’

‘सभापति सबैको हो । पहिलेकै जस्तो समूहको राजनीति गर्दा उहाँ (देउवा) सबैको सभापति हुनुहुन्न । यसैले गुटबन्दीबाट माथि छु भन्ने सन्देश प्रवाह गर्नैपर्छ,’ यादवले लोकान्तरसँग भने, ‘सभापतिको दाबेदारी नहुने भएपछि धेरै नेताले मै हुनुपर्छ भनेर दबाब बढाएका छन् । तर, सभापतिले मुखै खोल्दा पनि उपयुक्त समयमा एउटा निर्णय लिनुहुन्छ भन्ने बुझेका छौं ।’

पहिलेजस्तो खुलेर गुटगत विरासत नै हस्तान्तरणभन्दा पनि देउवाले आफू साझा व्यक्ति भएको सन्देश दिन खोजेको उनी बताउँछन् । 

‘अधिवेशन आउन धेरै बाँकी छ । अधिवेशन नजिकिँदा कोही न कोहीलाई अगाडि सार्नुपर्ने होला । त्यो बेला सभापतिबाट पनि एउटा निर्णय आउला,’ यादवले भने, ‘तर, कांग्रेसमा पहिलेजस्तो गुटको राजनीति हुनेगरी नेता विशेषको नाममा निर्णय हुँदैन । सभापतिले अन्तिममा भए पनि आफू साझा हुँ भन्ने देखाउने गरी नै मुभ चाल्नुहुन्छ भन्ने हाम्रो बुझाइ छ ।’

सभापति देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्ति विशेषभन्दा पार्टीका लागि महत्त्वपूर्ण हुने व्यक्ति आवश्यक रहेको बताए ।

‘को कुन पदमा बस्ने व्यक्तिका लागि महत्त्वपूर्ण होला, तर व्यक्तिभन्दा पार्टीका लागि महत्वपूर्ण बन्नुपर्छ । कांग्रेसमा अहिले क्रियाशील सदस्यता नवीकरण र वितरणको प्रक्रिया चलिरहेको छ । स्थानीय अधिवेशन प्रारम्भ नभइकन अहिले नै को नेता भन्ने कुरा सान्दर्भिक हुँदैन,' कार्कीले लाेकान्तरसँग भने, 'पार्टीका कार्यकर्ता र देशलाई कसको आवश्यकता हुन्छ, समय आएपछि पार्टीले बुद्धिमतापूर्वक निर्णय गर्छ ।'

उनले थपे, 'जसले पार्टीलाई बुझेको छ, देशका चुनौतीलाई चिर्न सक्छ, स्थानीय तहदेखि केन्द्रसम्म जिम्मेवारी बहन गर्न सक्छ, उही नेता महाधिवेशनमा अगाडि लाग्छ । महाधिवेशन नआउँदै सबैले लड्छु भन्न त पाउँछन्, तर कार्यकर्ताले कति पत्याए, कति स्ट्रेन्थ छ भन्ने पनि नेताहरूले बुझ्नुपर्छ ।’

देउवाको भित्री चाहना आरजुका लागि स्पेस

राजनीतिमा पाउन बाँकी केही नभएपछि देउवाले पत्नी आरजु राणाका लागि सहज राजनीतिक ‘स्पेस’ खोजेका छन् । पार्टीमा जसले आरजुका लागि उचित विकल्प दिन्छ र वातावरण बनाउँछ, उसैलाई महाधिवेशनमा वचन दिने मानसिकता देउवाले बनाएको बताइन्छ ।

पढ्नुहोस् यो पनि- कांग्रेस संस्थापन नै छैन एकजुट, देउवालाई दबाब दिन अर्को गुट !

आरजुलाई सेटल गर्नका लागि खड्का, शेखर, शशांक, सिटौला वा गगन जसले उपयुक्त राजनीतिक स्पेस बनाउँछ, उसैलाई देउवाले वचन दिने चर्चा कांग्रेसभित्र छ । यस्तो हुँदा आरजु पनि सेटल हुने र गुटबन्दीबाट माथि उठेको सन्देश जानेमा देउवा ढुक्क रहेको नेताहरू बताउँछन् ।

‘कांग्रेस मात्रै यस्तो पार्टी हो, जसमा सभापतिका लागि धेरै उम्मेदवार एकैपटक दाबेदार हुनुहुन्छ, योग्य हुनुहुन्छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘एक तहमाथि बढुवा हुने सबैको चाहना हो । यस्तोमा सभापतिलाई रिझाउन सक्दा फाइदा हुन्छ भनेर अरूले पनि सभापतिलाई नचिढ्याउने, बरु दबाब मात्रै बढाउने नीति लिएका हुन् ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्