फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दाङ, १६ मंसिर – एकिकृत माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको प्रादेशिक राजधानी दाङमै हुने बताएका छन् । उनले बर्दियादेखि नवलपरासीसम्मको लागि दाङ उपयुक्त ठाउँ भएकोले राजधानी दाङ नै उचित हुने बताए ।
दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका महराले दाङमा प्रादेशिक राजधानीको ‘ललिपप’ बाँडिरहेका छन् ।
दाङ सुरक्षाको हिसावले निकै राम्रो ठाउँ भएकोले पनि राजधानीको लागि उपयुक्त हुने उनले लोकान्तरलाई बताए । दाङमा केही भौतिक पूर्वाधारहरु रहेका र केही निर्माण गर्न सकिन महराको भनाइ छ ।
नेकपा एमालेका केही नेताले पाँच नम्बरको राजधानी बुटवल बनाउने लबिङ गरिरहेका बेला महरा चाहिँ दाङको लबिङमा छन् । ‘एमाले नेता शंकर पोख्रेल दाङलाई नै प्रादेशकि राजधानी बनाउने लाइनमा हुनुहुन्छ,’ महराले लोकान्तरसँग भने, ‘मलाई अरुले के भन्छन् भन्ने कुरामा मतलब छैन । राजधानी दाङ नै हुन्छ ।’
यसै सन्दर्भमा उनले यसपालीको चुनावमा वामपन्थी गठबन्धनले दुई तिहाई बहुमत ल्याउने बताए । उनले वामपन्थीले पाँच वर्ष हैन २० वर्षसम्म देशको शासन सत्ता सञ्चालन गर्ने दाबी गरे ।
साथै उनले आफूलाई अन्य जिल्लाबाट पनि चुनाव लड्न अफर आएको भएपनि आफू एक पटक दाङबाट चुनाव लडिसकेको व्यक्ति भएकोले फेरि पनि दाङ नै रोजेको बताए ।
उनले आफू राष्ट्रिय राजनीतिमा महत्व राख्ने व्यक्ति भएकोले कहाँबाट चुनाव उठ्यो भन्ने कुरा ठूलो नहुने समेत बताए ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...