
एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ ।
यो अफर शनिबार (जेठ ३)बाट शुरू भई हरेक जेठ ३१ गतेसम्म हरेक शनिबार सञ्चालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकले विभिन्न चार वटा प्याक किन्दा विनाकुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड युट्युब पाउँछन् ।
सोसल मिडियामार्फत् गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन । फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याक समावेश रहेका छन् ।
यस अफर अन्तर्गत ग्राहकले करसहित १५० रूपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधि रहेको ७ जीबी डेटा पाउँछन् । यसबाहेक एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउने सुविधा पाउँछन् ।
त्यसैगरी, करसहित २९९ रूपैयाँ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रूपमा २४ घण्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
ग्राहकले औद्यी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याक पनि यो अफरमा समावेश छन् । ५९९ रूपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घण्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । अर्को ७९९ रूपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् र साथै २४ घण्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउँछन् ।
यो फ्ल्यास सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकले ग्राहकलाई थप फाइदा प्रदान गर्ने कम्पनीले जनाएको छ ।