२५ असार २०८३, बिहीबार

ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ : चीन भ्रमणदेखि यस्ता छन् फाइदा

जेठ ४, २०८२
काठमाडौं
ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ : चीन भ्रमणदेखि यस्ता छन् फाइदा

​नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

यो योजना २०८२ जेठ ४ देखि १० गतेसम्म तदनुसार मे १५ देखि २४, २०२५ सम्म ‘ओमोडा इ-फाइभ’ र ‘जेइको जे-सिक्स’ मोडलहरूमा लागू हुनेछ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।

‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा ८ वर्ष वा १६०,००० किमीको वारेन्टी समावेश रहेको छ । ८० प्रतिशत फाइनान्सिङसहित मात्र रू. ५५ लाख ९९ हजारबाट शुरू हुने गाडीहरूको डेलिभरी, जेठ १७ तदनुसार मे ३१ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको छ ।

जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एक जनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो । यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्दछ ।

एसपीजी अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ । भविष्यको लागि अटल दृष्टिकोणका साथ, ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको छ ।

एसपीजी अटोमोबाइल्स, विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको शोरुम भ्रमण गर्न र सीमित समयको लागि लागू हुने अफरहरूको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्