![१५ दिनमै चार पटक सगरमाथा आरोहण गर्ने ग्याल्जेन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gyaljen_3_cZtGmOLuC0.jpg)
२९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमै चार पटक सगरमाथा आरोहणगरी विश्व कीर्तिमान कायम गरेका छन् ।
खुम्बुका शेर्पाले शुक्रबार बिहान ३:१३ बजे ८,८४८.८६ मिटरको सगरमाथा चौथो पटक आरोहण गरेका थिए।

उनलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
कीर्तिमानी शेर्पालाई विमानस्थलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेका थिए ।


*यसअघि यही समाचारमा १५ दिनमा चार पटक सगरमाथा आरोहण गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।