![भारी वर्षापछि काठमाडौंको विभिन्न क्षेत्र जलमग्न, ट्राफिक अस्तव्यस्त [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/New_Plaza_Duban_8_ttsTl29dQp.jpg)
बिहीबार साँझ काठमाडौं उपत्यकाका भारी वर्षा भएको छ ।
वर्षाले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जलमग्न हुन पुगे ।
वर्षाका कारण सडकमा पानी जम्दा स्थानीयवासी, पैदलयात्री तथा सवारी चालकलाई आवतजावत गर्न कठिनाइ भएको छ ।
ट्राफिक नै अस्तव्यस्त भएपछि प्रहरीलाई समेत सवारी आवागमन गराउन हम्मेहम्मे भएको थियो ।
मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाले विभिन्न क्षेत्र डुबानमा परेको हो ।
काठमाडौंको न्यू प्लाजा क्षेत्रमा केहीबेर सवारी आवागमन नै प्रभावित भएको प्रहरीले जनाएको छ ।
साँझ अबेर पानी पर्न रोकिएको छ ।