
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन महिनाअघि एलोन मस्कको कम्पनी टेस्लाबाट कार किनेको बताएका थिए। मिडियाको अगाडि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार देखाउँदै ट्रम्पले त्यो कार किनेको बताएका थिए।
सीबीएसको रिपोर्टअनुसार ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन् । मस्कसँगको सम्बन्ध बिग्रेपछि ट्रम्पले टेस्ला कार बेच्ने सोचमा पुगेको रिपोर्टमा उल्लेख छ ।
हाल अमेरिकी ट्रम्प र अर्बपति मस्कबीच चर्को वाकयुद्ध भैरहेको छ । त्यसपछि ट्रम्पले संघीय सरकारसँग एलोन मस्कको ठूलो स्तरको व्यापारिक सम्झौतालाई धम्की दिएका छन्। ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए ।