११ साउन २०८३, सोमबार

गाजामा इजरायलको ‘नरसंहार’, एकै दिन ५६ जनाको ज्यान गयो

जेठ २४, २०८२
काठमाडौं
गाजामा इजरायलको ‘नरसंहार’, एकै दिन ५६ जनाको ज्यान गयो

गाजामा इजरायली सेनाको आक्रमणमा एकैदिन कम्तीमा ५६ जनाको मृत्यु भएको छ । ५० जना भन्दा धेरै घाइते भएको गाजाको सिभिल डिफेन्सले अल जजिरालाई जानकारी दिएको छ । 

उनले यो घटनालाई ‘पूर्ण रूपमा नरसंहार’ भन्दै व्याख्या गरेका छन्।

इजरायली सेनाले राफाहनजिकैको अल-अखवाहमा सहयोगका लागि पर्खिरहेका कम्तीमा ८ जना प्यालेस्टिनीहरूलाई गोली हानेर हत्या गरेको छ । 

गाजा ह्युमनिटेरियन फाउन्डेसनले काम शुरू गरेदेखि सहयोग खोज्ने क्रममा मारिनेको संख्या अब ११८ पुगेको छ।

इजरायली सेनाले अक्टोबर ७, २०२३ मा गाजामा अपहरणमा परेका थाइल्यान्डका नागरिक नत्ताफोङ पिन्ताको शव फेला परेको जनाएको छ।

गाजामाथि इजरायली युद्धले हालसम्म कम्तीमा ५४ हजार ७७२ प्यालेस्टिनीहरूको ज्यान लिएको र १ एक २५ हजार ८३४ जना घाइते बनाएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२०२३ अक्टोबर ७ मा हमास नेतृत्वमा इजरायलमा भएको आक्रमणमा झण्डै १ हजार १३९ जनाको ज्यान गएको र २०० भन्दा बढी अपहरणमा परेको अनुमान गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्