
लक्ष्मी सन्राइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार वातावरण संरक्षण र जलवायु पारदर्शितामा बैंकको प्रतिबद्धता अझ दरिलो रूपमा देखिएको छ ।
बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने पहलस्वरूप 'मिसन १० के' (Mission 10K) घोषणा गरेको छ । जस अन्तर्गत हालसम्म लगभग ७ हजार ५ सय रूख रोपिसकिएको बैंकले जनाएको छ ।
कार्बन अकाउन्टिङ फाइनान्सियल (PCAF) पद्धतिअनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गरेको छ ।
मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर(tCO₂e) रहेको थियो।