२८ जेठ २०८३, बिहीबार

अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक

जेठ ३१, २०८२
काठमाडौं
अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक

अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित पोताला दरबारमा सार्वजनिक भएको हो ।

लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

‘तिब्बत गए पनि धेरै वर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोवर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ’, पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक सार्वजनिक चाहिँ ल्हासास्थित पोताला दरबार पुगेरै गरेका छन् । 

‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिबद्ध छन् । 

लाङटाङ सद्‌भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठा मसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफैं बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले  भने, ‘यो प्रकृति र अध्यात्मतिरको यात्रा हो । आफैंतिरको यात्रा हो ।’

salt training

कमेन्ट गर्नुहोस्