२५ असार २०८३, बिहीबार

आजदेखि सुन पसल खुल्ने

असार ४, २०८२
काठमाडौं
आजदेखि सुन पसल खुल्ने

एक हप्तादेखि बन्द रहेका सुनचाँदी पसल आजदेखि खुल्ने भएका छन्। सुनचाँदी कारोबारमा लागिएको दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजको माग गर्दै बन्द गरेका व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि यस्तो निर्णय गरेका हुन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल रत्न तथा आभूषण संघका अध्यक्षसहितको टोलीले मंगलबार प्रधानमन्त्रीलाई भेटेर कर व्यवस्थाबाट उत्पन्न समस्याबारे जानकारी गराएको थियो।

भेटपछि महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले प्रधानमन्त्रीले व्यवसायीका मागबारे सम्बन्धित निकायसँग बुझ्ने र सम्भव भएसम्म समाधान गर्ने आश्वासन दिएको जानकारी दिए। प्रधानमन्त्रीले संवादमार्फत समस्या समाधान गर्ने भनाइपछि व्यवसायीले पसल पुनः खोल्ने निर्णय गरेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्