
धरान, २१ मंसिर– सुनसरीको धरानमा मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । धरान उपमहानगरपालिका–१६ मा रहेको चन्द्रसंस्कृत मावि मतदान केन्द्र नजिकै बम बिस्फोट भएको हो ।
मतदान केन्द्रबाट ५० मिटर टाढा बम बिस्फोट भएको हो । मतदाताहरु मत हाल्न लाइन लागेको अवस्थामा बिहान १० बजे बम बिस्फोट भएको हो । बम बिस्फोटबाट मतदाता त्रसित भएका थिए ।
बम बिस्फोट पछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएपनि पुनः शुचारु भइसकेको छ ।