१९ असार २०८३, शुक्रबार

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार ९, २०८२
काठमाडौं
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

आयोगले सुवेदीका साथै तृप्ति शाही ठकुरी भन्ने तृप्ति शाही र कुमारी बैंकका एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई पनि प्रतिवादी बनाएको छ । 

उनीहरूले २०८० साउन १ देखि २०८१ साउन ३२ गतेसम्मको अवधिमा संकलन भएको ३४ लाख ३ हजार ८५६ रुपैयाँ  राजस्व मध्ये ८ लाख ३६ हजार ३३० रुपैयाँ मात्रै अस्पतालको खातामा दाखिला गरेको पाइएको आयोगले जनाएको छ ।

साथै २५ लाख ६७ हजार ५२६ रुपैयाँ उनीहरूले हिनामिना गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

आयोगले सुवेदी र शाही विरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ र ​मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ बिगो मागदाबी गरेको छ । साथै आयोगले बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्