२४ असार २०८३, बुधबार

मुगुमा मनाइयो धान दिवस

असार १५, २०८२
मुगु
मुगुमा मनाइयो धान दिवस

मुगुको छायाँनाथ रारा नगरपालिका र जिल्ला कृषि विकास कार्यालयको आयोजनामा धान दिवस मनाइएको छ । आइतबार नगरपालिका-३ निगाले गाउँको जिउलोमा रोपाइँका साथै दही चिउरा खाएर धान दिवस मनाइएको हो ।

नगरपालिका र कृषि कार्यालयद्वारा आयोजित धान दिवस कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, छायाँनाथ रारा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय अधिकारी, कृषि कार्यालयका प्रमुख, भेटेरिनरी कार्यालयका प्रमुख, अन्य कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नगरपालिकाका कर्मचारी, नगर प्रहरी र स्थानीयको उपस्थिति रहेको थियो ।

null

उक्त दिवसमा समन्वय प्रमुख मन्जनबहादुर कार्की, नगर प्रमुख विष्णुकुमार भाम, समन्वय उपप्रमुख नैली कार्की, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, समन्वय अधिकारी धनराज कार्कीलगायतका उपस्थित थिए । 

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्