१५ असार २०८३, सोमबार
सानेपामा थरीथरी विरोध

कांग्रेस पार्टी कार्यालय बाहिर कालो पोशाकमा नेविसंघ र तरुण दलका कार्यकर्ताको प्रदर्शन

असार १६, २०८२
काठमाडौं
कांग्रेस पार्टी कार्यालय बाहिर कालो पोशाकमा नेविसंघ र तरुण दलका कार्यकर्ताको प्रदर्शन

नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले पार्टी मुख्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघलगायतले सोमबार दिउँसो पार्टी मुख्यालय परिसरमा कालो पोशाकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी कार्यकर्ता​हरूले ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’, ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले?’लगायतका प्लेकार्ड बोकेका छन् ।

उनीहरूले कालो कपडाले शरीर र अनुहार छोपेर विरोध जनाएका छन् ।

तरुण दलले भने पार्टी कार्यालय भित्रै रिले अनसन शुरू गरेको छ ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्