२५ जेठ २०८३, सोमबार

अभद्र कमेन्ट गर्नेलाई एलिनाको जवाफ- तिमीहरूले फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ

असार १८, २०८२
काठमाडौं
अभद्र कमेन्ट गर्नेलाई एलिनाको जवाफ- तिमीहरूले फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ
फाइल फोटो

सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण​ गरेर आफ्नो चरित्र हत्या गर्नेलाई कारबाहीको माग गर्दै साइबर ब्यूरोमा पुगेकी गायिका एलिना चौहानले उनीहरूप्रति कडा टिप्पणी गर्न थालेकी छिन् ।

सोमबार साइबर ब्यूरोमा उजुरी दिएर मंगलबार गृहमन्त्री रमेश लेखकलाई भेट्न पुगेकी गायिका चौहानले बुधबार सामाजिक सञ्जाल फेसबूकमा 'के लाग्छ २/४ वटा नराम्रो प्रतिक्रियाले म हार मान्छु होला ?' भन्दै प्रश्न गरेकी छिन् । 

'बाच्नभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, के लाग्छ २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? तिमीहरूले मलाई सखाप पार्न भनेर फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ,' उनले लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्