०१ असार २०८३, सोमबार

कृष्ण सेन ‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

असार २०, २०८२
काठमाडौं
कृष्ण सेन ‘इच्छुक’मा समर्पित नयाँ गीत सार्वजनिक

 प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालले शब्द, केशर कालिकोटेले सङ्गीत र रमण थामीले स्वर दिएका छन् । 

सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको पत्रकार एवं गीतकार दाहालले बताए। 

सङ्गीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताए । 

गायक थामीले इच्छुकको योगदानको स्मरण गर्नु भावनात्मकमात्र नभई वैचारिक उत्तराधिकारको सम्मान भएको बताए । 

इच्छुकलाई २०५९ साल जेठ १३ गते पक्राउ गरी यातना दिएर हत्या गरिएको थियो । उनको हत्यापछिको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो ।

तत्कालीन जनयुद्धकालका साहित्य सङ्गीतका अगुवा तथा नेता मणि थापाले क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने सृजना भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्