
गायिका जमुना सनमले नयाँ तीज गीत ‘पैसा कमा केटी’ ल्याएकी छन् ।
जमुना र शान्तिश्री परियारको आवाज रहेको गीत बिहीबार जमुनाकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
सामाजिक तथा मौलिक शब्द रहेको गीतमा राजु सुनामको शब्द, एरेन्ज र संगीत रहेको छ ।
गीतमा धन पैसा हुनेको मात्र समाजमा इज्जत हुने बिडम्बनापूर्ण अवस्थालाई चित्रण गरिएको छ । गीतमा भनिएको छ-
मायाले जिन्दगी चल्दैन, पैसा कमा केटी
पैसाले रहिछ शान दिने, पैसाले रहिछ मान दिने !
त्यति मात्र होइन पैसाले नै दुश्मन बढाउने र पैसाले नै आफ्नालाई लडाउने कुरालाई पनि गीतमा चित्रण गरिएको छ ।
गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र स्मारिका ढकालको अभिनय छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।
हेर्नुहोस् भिडियो-