२३ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई 'वाटर चिलर' हस्तान्तरण

असार २७, २०८२
काठमाडौं
माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई 'वाटर चिलर' हस्तान्तरण

माछापुच्छ्रे बैंकले सुदूरपश्चिम महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत उत्तरदायित्वअन्तर्गत वाटर चिलर हस्तान्तरण गरेको छ ।

गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको हो ।​

बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनीष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्रसिंह कार्कीले शुक्रबार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

उक्त अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा समस्या देखा परेको जानकारीपश्चात बैंकले उक्त वाटर चिलर प्रदान गरेको हो ।

बैंकले स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्