
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा चाँदीको मूल्य भने ४० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आज पनि त्यति नै मूल्य निर्धारण भएको हो ।
त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुनको मूल्य तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।