२८ जेठ २०८३, बिहीबार

गायक कुमा सागर सांगीतिक कार्यक्रमका लागि दुबईमा

साउन ३, २०८२
काठमाडौं
गायक कुमा सागर सांगीतिक कार्यक्रमका लागि दुबईमा

 यूएईको दुबईस्थित अल नासर क्लबमा आइतबार हुने सांगीतिक कार्यक्रम ‘गोर्खा साँझ’का लागि  गायक कुमा सागर दुबई पुगेका छन्। उनीसहित ख्वप ब्यान्डको टोली शनिबार दुबई पुगेको हो । 

दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ख्वप ब्यान्डका साथै अन्य कलाकारहरूको पनि प्रस्तुती रहनेछ । 

कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजनमा हुन लागेको हो। ठकुरीले ‘गोर्खा साँझ’लाई नेपाली प्रवासी समुदायको भावना, पहिचान र एकताको उत्सवका रूपमा आयोजना गरिएको जानकारी दिए।

ख्वप ब्यान्डमा शरद देउला, सिद्धि सागर प्रजापति, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसुजस्ता कलाकारहरू सहभागी छन्।

यसैगरी नेपालबाटै ममता राणा र मोहन खड्काको पनि विशेष प्रस्तुति रहनेछ छ । यस्तै दुबईस्थित नेपाली कलाकारहरू सुमन गैडा, प्रदीप गुरुङ, समीर स्याङ्बो, युवराज थापा, सागर तामाङ, आशीष अवाले लगायतले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम सहसंयोजक अनिल गुरुङले जानकारी दिए । 

कार्यक्रममा करिब ४ हजार दर्शकको सहभागिता रहने बताइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्