१९ असार २०८३, शुक्रबार

१ वर्षमा ८१ प्रतिशतले बढ्यो निर्यात, १८ खर्बको आयात हुँदा २० खर्बको व्यापार घाटा

साउन ६, २०८२
काठमाडौं
१ वर्षमा ८१ प्रतिशतले बढ्यो निर्यात, १८ खर्बको आयात हुँदा २० खर्बको व्यापार घाटा

एक वर्षमा नेपालको निर्यात ८१ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नेपालको कुल निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षभरि नेपालले कुल २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बाराबरको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८१.८० प्रतिशतले वृद्धि भएको हो ।

नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको माल वस्तु आयात गरेको छ ।

त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयात १३.२५ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा देशको कुल व्यापार घाटा २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा देशको व्यापार घाटा १९.२४ प्रतिशतले बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्