२८ जेठ २०८३, बिहीबार

डा. श्रीधर खनालको ‘सावर्णि’लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार'

साउन २१, २०८२
काठमाडौं
डा. श्रीधर खनालको ‘सावर्णि’लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार'

डा. श्रीधर खनालको ‘सावर्णि’लाई सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठका अनुसार नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारलाई सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मान गरिँदै आएको छ। 

पुरस्कारको राशी ५ सय पाउण्ड रहेको छ । वि.स २०८१ सालमा एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको थियो।

पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन् । फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । 

‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउँदै आएको छ । पुस्तकलाई बुकहिलले बजारमा ल्याएको थियो।
 

salt training

कमेन्ट गर्नुहोस्