२४ जेठ २०८३, आइतबार

डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

साउन २१, २०८२
काठमाडौं
डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले एक्टिभ डिशहोम ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ ।

अब ‘माई डिशहोम एप’मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत् ग्राहकले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

शुरूआती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेट प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकलाई उत्कृष्ट अफर उपलब्ध गराउँछन् । 

डिशहोमका अनुसार बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको निर्धारित आउटलेटमा, सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे) अन्तर्गत     महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टीकापुर (कैलाली), सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौं), महाराजगञ्ज रहेका छन् । 

यसैगरी, होटल ले हिमालय काठमाडौं, लेक साइड रिट्रिट पोखरा, इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स हरकपुर, मौलाकाली, बाग्लुङ, मेलुङ थकालीका सबै आउटलेट, साकी एण्ड फेङ रेस्टुरेन्ट काठमाडौं, लुम्बिनी केबलकार बुटवल, मौलाकाली केबलकार गैडाकोट, चितवन र अचार घर कमलपोखरी, कुपन्डोल प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन् । 

‘भर्चुअल प्रिभिलेज कार्डमार्फत् डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ’, डिशहोमका सीईओ तारा मानन्धरले भने । 

डिशहोमले आगामी महिनामा १०० भन्दा बढी ब्रान्डमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणी समावेश गरिनेछ ।

सक्रिय ग्राहकले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माई डिशहोम एप  (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) प्रयोग गरी साझेदार आउटलेटमा देखाएर छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्