२५ जेठ २०८३, सोमबार

नाइमा मोबिलिटी एक्सपोमा ‘निसान फेस्टिभ डिल’, निसान म्याग्नाइट ६ लाख ८० हजार डाउनपेमेन्टमा

साउन २१, २०८२
काठमाडौं
नाइमा मोबिलिटी एक्सपोमा ‘निसान फेस्टिभ डिल’, निसान म्याग्नाइट ६ लाख ८० हजार डाउनपेमेन्टमा

नेपालका लागि निसान सवारी साधनको आधिकारिक वितरक पायोनर मोटो कर्प प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ को अवसर पारेर ‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट योजना सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत कम्पनीले सबै नयाँ निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधासहितको अफर ल्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाले भने, ‘हामीले यस योजना नाइमा एक्सपो २०२५ (साउन २१ देखि २५ गतेसम्म)को अवसर पारेर र आगामी चाडपर्वलाई ध्यानमा राखी ल्याएका हौं । यो अफर एक्सपो पश्चात् चाडपर्वको सम्पूर्ण अवधिभर जारी रहनेछ ।’

‘निसान फेस्टिभ डिल’ योजनाअन्तर्गत, निसान म्याग्नाइट बुक गर्ने ग्राहकले विभिन्न लाभ प्राप्त गर्नेछन् । यसमा समावेश हुने लाभमा     आकर्षक नगद छुट, नाइमा एक्सपो विशेष छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बीमा, निःशुल्क रोड कर र डाउनपेमेन्ट ६ लाख ८० हजारमा खरिद गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्नेछन् र अफरमा उल्लेख गरिएका सबै सुविधा केही सर्तसहित लागू हुने कम्पनीले जनाएको छ । 

यस्तैगरी, निसान लिफमा ग्राहकहरूले अधिकतम २० लाख १५ जहारसम्मको फाइदा प्राप्त गर्न सक्छन् र निसान उर्बानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ ।

पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकलाई नाइमा मोबिलिटी एक्सपो २०२५ मा सहभागिता जनाई नजिकको निसान शोरूम भ्रमण गरी यो अफरको फाइदा लिन आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्