२१ जेठ २०८३, बिहीबार

नयाँ विद्युतीय एसयूभी नेपाल भित्र्याउँदै जीडब्लूएम

जेठ २०, २०८३
काठमाडौं
नयाँ विद्युतीय एसयूभी नेपाल भित्र्याउँदै जीडब्लूएम

विश्वका १७० भन्दा बढी देशमा उपस्थिति विस्तार गरिसकेको जीडब्लूएम (ग्रेट वाल मोटर्स)ले नेपाली बजारमा नयाँ पुस्ताको विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ।

कम्पनीले औपचारिक घोषणा नगरे पनि सार्वजनिक भएका प्रारम्भिक विवरणले विद्युतीय सवारीसाधन पारखी माझ उत्सुकता बढाएको छ।

प्राप्त जानकारीअनुसार नयाँ विद्युतीय एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्ने सुविधाहरू रहने अपेक्षा गरिएको छ।

आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले सुसज्जित यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने विश्वास गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्