
पायोनियर मोटो कर्प प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२५ को अवसरमा प्रिमियम इलेक्ट्रिक सवारी ‘जिकर एक्स’का लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले यो योजनामार्फत नेपाली बजारमा जिकर सवारीहरूको उपस्थिति अझ सशक्त बनाउने लक्ष्य राखेको छ ।
ग्राहकका लागि विशेष अफरसहित जिकर एक्स आज बुधबारदेखि २५ गतेसम्म हुने नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ८४.९९ लाखको सवारी ६९.९९ लाखमा उपलब्ध हुने छ । साथै, एक्स्पो अवधिमा जिकर एक्स बुक गर्ने ग्राहकले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्राप्त गर्नेछन् ।
जिकर एक्समा समावेश हुने प्रमुख विशेषतामा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग रहेका छन्, जसले यसलाई सुरक्षित र शक्तिशाली विद्युतीय सवारी बनाउने कम्पनीको भनाइ छ ।
यस योजनाअन्तर्गत ग्राहकले जिकर एक्स सवारी अत्यन्तै आकर्षक मूल्यमा, सजिलो फाइनान्सिङ र विशेष छुटसहित खरिद गर्न सक्नेछन् ।
यस्ता सुविधामा केही सर्त तथा नियम लागू हुने बताइएको छ । पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकलाई नाइमा मोबिलिटी एक्स्पोमा उपस्थित भइ नजिकको जिकर शोरूम भ्रमण गरी उक्त योजना अनुसारको फाइदा लिन अनुरोध गरेको छ ।