२५ जेठ २०८३, सोमबार

सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-अर्डर अफर

साउन २२, २०८२
काठमाडौं
सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि-अर्डर अफर

सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकडमार्फत् सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोन अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । 

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि–अर्डर बिहीबारदेखि खुला गरेको हो । यो अफर यही साउन २९ गतेसम्म खुला रहने सामसङले घोषणा गरेको छ । 

सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड ७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्स समावेश रहेका कम्पनीले जनाएको छ । 

ठूलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किङ र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ । नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन र २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ ।

नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठूलो स्क्रिनमा स्क्रिन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ । साथै, क्यामेरामार्फत् कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी  प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन् ।

ग्यालेक्सी जेड फ्लिप ७ अब झनै पातलो, टिकाउ र पोर्टेबल बनेको छ । अबको फ्लेक्सविन्डो अझ ठूलो र प्रयोग गर्न सजिलो छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ र लामो ब्याट्री लाइफ उपलब्ध छन् ।

जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ ।  साथै, क्रिएटिभ प्रयोगकर्ताका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज  फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, ‘ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्रै होइन, मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नवीनता ल्याएको छ । पावरफुल मल्टिटास्किङ, झनै इमर्सिभ डिस्प्ले र बलियो टिकाउपनका साथ यी फोल्डेबलहरूले प्रयोगकर्तालाई बढी गर्न, आफूलाई व्यक्त गर्न र मोबाइल अनुभवलाई अझ लचिलो बनाउन सहयोग गर्छन् । हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भन्ने कुरामा उत्साहित छौं ।’

सामसङले ग्राहकलाई १ वर्षका लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत् एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ । 

साथै, हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट ग्राहकहरूले शून्य प्रतिशत ब्याजमा सहज किस्ताबन्दी सुविधा पनि पाउने सामसङले बताएको । केवल नागरिकता भए मात्र पनि काम हुने कम्पनीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्