
क्यानडामा हुने साङ्गीतिक कार्यक्रममा सहभागी हुन उड्न लागेका लोकदोहोरी गायक खेम सेन्चुरी अचानक बिरामी परेपछि अस्पताल भर्ना भएका थिए । उपचारपछि उनी शुक्रबार डिस्चार्ज भएका छन् ।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर बस्ने क्रममा सेन्चुरीको स्वास्थ्यमा एकाएक समस्या देखिएको थियो । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गर्दा उनको किड्नीमा स्टोन खसेर पीडा भएको पत्ता लागेको गायक मोहन खड्काले जानकारी दिए । चिकित्सकले सर्जरी आवश्यक नभई औषधि सेवनबाटै स्वास्थ्य सामान्य हुने बताएका छन् ।
सेन्चुरी क्यानडामा यही अगष्ट ९ मा हुने हिमालयन मेलामा प्रस्तुति दिन लागेका थिए । तर स्वास्थ्य समस्याका कारण यसपटक उनको यात्रा र प्रस्तुति दुवै स्थगित भएको खड्काले बताए ।