२५ असार २०८३, बिहीबार

राष्ट्रिय झण्डा बोकेर महानगर घेराउ गर्न पुगे कबाड व्यवसायी [फोटो फिचर]

भदौ ९, २०८२
काठमाडौं
राष्ट्रिय झण्डा बोकेर महानगर घेराउ गर्न पुगे कबाड व्यवसायी [फोटो फिचर]

कबाड व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगर कार्यालय घेराउ गरेको छ ।

संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कबाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानूनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी, कबाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कबाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

उनीहरू राष्ट्रिय झण्डा बोकेर महानगर घेराउ गर्न पुगेका थिए । 

null

null

null

nullnull

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्