
प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धि प्रसाद सुवेदीको शब्द रचना रहेको गजल गीत ‘कातिल नजर’को भिडिओ सार्वजनिक भएको छ ।
शनिबार उक्त गीतको भिडिओ सार्वजनिक गरिएको हो । चर्चित गायक प्रमोद खरेलको आवाज रहेको उक्त गीतमा संगीत भरेका ध्रुव बिस्को विश्वकर्माले भिडियोको पनि निर्देशन गरेका छन् ।
गीतको भिडियोमा चिरञ्जीवि सापकोटा (जीबी चिरन) र अश्विनी शाहीको मुख्य भूमिका रहेको छ भने विकास खनाल, सोहज खान, रोशन विश्वकर्मा, कलेद्र सेजुवाल, जगदीश रेग्मी, भरत शाही ठकुरी, गोपाल दाहाल र कृष्ण सापकोटाले साथ दिएका छन् ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् भने रेकर्डिङ सामुएल थामीले वेभ स्टुडियोमा गरेका हुन् ।
भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । दिन्सन शाहले सम्पादन र रंग संयोजन गरेका भिडियोको छायांकन दिनेश पराजुलीको टोलीले गरेको हो ।
भिडिओ निर्माता हेमन्त भट्टराई रहेका छन् ।
हेर्नुहोस् भिडियो :