११ साउन २०८३, सोमबार

समानुपातिक अपडेटः नुवाकोटमा काँग्रेस र कालीकोटमा माओवादी केन्द्र अगाडि

मंसिर २७, २०७४
समानुपातिक अपडेटः नुवाकोटमा काँग्रेस र कालीकोटमा माओवादी केन्द्र अगाडि

काठमाडौं, २७ मंसिर– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम आउने क्रम जारी छ । नुवाकोट जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ ।
गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन् ।


प्रत्यक्षतर्फको छवटै सिट गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६०९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ ।
यसैगरि पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।


नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा (एमाले)ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा (प्रजातान्त्रिक) एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताए ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा (क)मा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्