२४ जेठ २०८३, आइतबार

आयरिश पबले रविन्द्र ढाँटलाई गर्‍यो सम्मान, खेल कोषमा लाखौं सहयोग

भदौ १५, २०८२
काठमाडौं
आयरिश पबले रविन्द्र ढाँटलाई गर्‍यो सम्मान, खेल कोषमा लाखौं सहयोग

काठमाडौंको लाजिम्पाटस्थित आयरिश पबले शनिबार ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र ढाँटलाई सम्मान गरेको छ ।

कार्यक्रमको शुरूआत ढाँटसँग ‘मिट एन्ड ग्रिट’बाट भएको थियो, जसमा विशेष आमन्त्रित तथा उनका समर्थक सहभागी भएका थिए । त्यसपछि सर्वसाधारणलाई खुला गरी राष्ट्रिय गौरव बनेका ढाँटको जितको खुसी सामूहिक रूपमा मनाइएको थियो । 

खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले शुरू गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रूपैयाँ जुटेको छ । यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिवद्धता प्रस्ट पारेको पब व्यवस्थापनले जनाएको छ ।

कोष संकलनमा योगदान पुर्‍याउने संस्थाहरूमा जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हेली, होलिडे इन एक्सप्रेस, आरएबी, एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट, गिफ्ट हाउस प्रमुख छन् ।

त्यसैगरी, कार्यक्रमलाई चाटाइम, डाबर रियल फ्रुट पावर, जुजु वेयर्स र एक्स्ट्रीम इनर्जी ड्रिङ्कले प्रायोजन गरेका थिए ।

‘रविन्द्र ढाँटले नेपाललाई विश्वको एमएमए नक्सामा राखेका छन् । आफ्नै खेलाडीलाई सम्मान गर्न र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो । यस कार्यक्रममा समन्वय पुर्‍याइदिनुभएकोमा एमएमए र कोच दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं’, आयरिश पबका प्रबन्ध साझेदार राईश भट्टले बताए ।

आयरिश पब काठमाडौंको लोकप्रिय गन्तव्य हो, जहाँ स्वादिष्ट खानेकुरा, पेयपदार्थ र मनोरञ्जनको विशेष माहोल पाइन्छ । विविध कार्यक्रम आयोजना गर्ने परम्पराका कारण यो स्थान स्थानीय तथा विदेशी दुवैका लागि प्रिय बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्