प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (भदौ १४)मा गरेको भेटवार्तापछि चीनले जारी गरेको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)लाई नेपालले समर्थन गरेको भनेर गरिएको दाबीले विवाद शुरू भएको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका सदस्यहरूले समेत सीसँगको भेटवार्तामा त्यस्तो कुरा नउठेको स्पष्टीकरण दिएका छन् । आफ्नो सुरक्षा रणनीतिलाई नेपालले समर्थन गरेको चीनको एकतर्फी दाबीलाई लिएर नेपालमा अनेक हल्ला भइरहेका छन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका उपमहासचिव समेत रहेका पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल कुनै पनि सुरक्षा रणनीतिसँग नजोडिने स्पष्ट पारे ।

सोमबार लोकान्तर डट्कमसँगको भिडियो कुराकानीका क्रममा ज्ञवालीले लिपुलेकबारे प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग गरिएको कुराकानीलाई ओझेलमा पार्ने हिसाबले नेपालमा जीएसआईको प्रचार गरिएको बताए ।
– लिपुलेकबारे प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा कसरी कुरा उठ्छ ?
– कांग्रेस–एमाले सरकारप्रति जनतामा निराशा र आक्रोश किन ?
– रास्वपालगायत नयाँ दलसँग तर्सेर कांग्रेस–एमालेले ०८४ को चुनावमा तालमेल गर्न सक्छन् भन्ने अड्कलवाजीमा कति सत्यता छ ?
– कांग्रेससँगको सत्ता सहकार्य र सत्ता हस्तान्तरणमा कुनै समस्या आउँछ ?
– ०८४ को चुनावमा एमालेले माओवादीलाई फेरि तालमेलमा जोड्ने सम्भावना कति छ ?
– एमालेमा विद्या भण्डारीको च्याप्टर क्लोज भएको हो कि कुनै बिन्दुमा पुगेर सहमति हुन्छ ?
यी लगायत समसामयिक विषयमा एमाले उपमहासचिव ज्ञवालीसँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियो अन्तर्वार्तामा :