
नेकपा एमालेको विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै विधान महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशन सकिएसँगै मुस्कानसहित गोदावरीबाट प्रतिनिधिहरू बाहिरिएका थिए ।






