
देवताले दिन्छन्, पितृले हर्दछन्
चित्तशुद्ध शान्त मनले, श्राद्ध गर्दछन्
तर्पण पिण्डसँगै पितृ श्राद्ध गर्दा
पितृ आफू दुवैमा कल्याण मिल्ला
श्रद्धा राखी मनमा, श्राद्ध गरेर
श्राद्धकर्म गरी, पितृ खुशी राखेर
महालय श्राद्ध, एकपक्ष तक चल्दछ
दशमीपूर्व सबैले, पितृस्मरण गर्दछ
श्राद्ध हो पितृको, स्मरण उद्धार गर्ने
श्राद्धकर्ता र पितृको कल्याण गर्ने
वर्षमा दुईपटक, मात्र श्राद्ध गर्दा
पितृ आशिस सबैमा लाग्छ सर्वदा
भनिन्छ श्राद्ध, अपरान्हमा उचित
पितृउद्धार आत्मशुद्धी मनमा श्रृजित
श्राद्ध गरौं, पितृ ऋण सम्झेर
हतार नगरौं, मूल मर्म बिर्सेर
पितृको आशीर्वाद, सन्तानमा रहन्छ
पितृऋण चुकाउने, सन्तान चाहिन्छ
देवऋण, पितृऋण, ऋषिऋण पर्दछन्
हिन्दू सनातन संस्कारमा अनिवार्य मान्दछन्
पण्डित गुरुजी विधिसम्मत गरौं
द्रव्यका लोभले हतार नगरौं
यजमान सबैले जानी मर्म बुझी
दानदक्षिणा यथाचित मनमा लिई
मुलुकभरमा ठाउँठाउँका चलन
यथासक्य अपनाऔं शास्त्रीय विधान
महिमा अपार छ श्राद्धको विशेष
पितृकल्याण गरौं भई एकभक्त