१० असार २०८३, बुधबार

कालीमाटी बजारले आइतबारका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गर्‍यो

असोज ५, २०८२
काठमाडौं
कालीमाटी बजारले आइतबारका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गर्‍यो

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार तरकारीतर्फ गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३२ रुपैयाँ, आलु रातो (लोकल) ५० रुपैयाँ, आलु रातो (भारतीय) ३१ रुपैयाँ, आलु रातो (मुडे) ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ र गाजर (लोकल) ११० रुपैयाँ तोकिएको छ।

यस्तै, बन्दा प्रतिकिलो ४०, काउली ५०, मूला ३५–४०, भन्टा २०–३५, बोडी १००, घिउ सिमी १००, टाटे सिमी ७०, करेला ५०, लौका ५०, चिचिण्डो २५, घिरौँला ७०, फर्सी ३०–६० र भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ।

सागसब्जीमा रायो साग ७०, पालुङ्गो ८०, तोरीको साग ७०, हरियो प्याज ६०, च्याउ (कन्य) १४०, च्याउ (डल्ले) ३००, कुरिलो ३५०, निगुरो ७०, ब्रोकाउली १४०, चुकुन्दर ६०, रातो बन्दा १६०, जिरीको साग ९०, सेलरी ३००, पार्सले ९००, पुदिना ७५०, इमली १७०, तोफु १३० र गुन्द्रुक २५० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलमा स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) २५०, केरा (दर्जन) २५०, कागती १३‍०, अनार ३००, मौसम १४०, जुनार २३०, तरबुजा ५५, नास्पाती (लोकल) ८०, नास्पाती (चाइनिज) २२०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) ९०, अम्बा ६०, लप्सी ४०, किबी २५०, सरिफा १०० र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्