![संसद् भवन परिसरमा यसरी लगाइयो सिंहदरबारमा जलेका सरकारी गाडीको चाङ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Jaleka_vehicle_duM0CRO7O2.jpg)
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका सरकारी गाडी नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा राखिएको छ ।
सिंहदरबारलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जलेका सरकारी गाडीका अवशेष बानेश्वरमा राखिएको हो ।
जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उत्तर-पश्चिमतर्फ जलेका गाडी चाङ लगाएर राखिएको हो । जलेर काम नलाग्ने भएका गाडीलाई प्रक्रिया पुर्याएर लिलामी गर्ने तयारी छ ।
शहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले सिंहदरबारमा जलेका गाडी संसद् भवन परिसरमा लगेर राखिएको लोकान्तरलाई जानकारी दिए ।
हेर्नुहोस् भिडियो :