०९ असार २०८३, मंगलबार

वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित नियन्त्रणमा

असोज २६, २०८२
काठमाडौं
वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित नियन्त्रणमा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ। 

आयोगका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस वा रिसवतको रूपमा रकम लिएको र आफ्नो कार्यकक्षमा लुकाएर राखेको जानकारी प्राप्त भएपछि टोली त्यहाँ पुगेको थियो । 

सोहीअनुसार टंगालबाट खटिएको टोलीले आइतबार दाहाललाई एक लाख बीस हजार आठ सय पचास रुपैयाँ नगद, मोबाइल डिभाइस १ थान र अन्य सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएको हो। 

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले घटनाबारे आयोगले थप अनुसन्धान गरिरहेको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्