१९ असार २०८३, शुक्रबार

सामाजिक सुरक्षा भत्ता अनियमितता : वडा अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज ३१, २०८२
काठमाडौं
सामाजिक सुरक्षा भत्ता अनियमितता : वडा अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै शुक्रबार ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भण्डारीसँगै तत्कालीन वडासचिव  प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, तत्कालीन खरिदार पूर्णबहादुर विष्ट, वडा सदस्यहरू कल्पना खड्का, सुन्कोसा सार्की, विजयबहादुर रावल र शेरबहादुर विश्वकर्माविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेख बनाई ६८३ जना लाभग्राहीको आफैंले औँठा छाप लगाई प्रमाणित गरेको पाइएको छ ।

साथै उनीहरूले नवीकरण नै नभएका लाभग्राहीको रकम निकासा गरी ७३ लाख ३७ हजार ६२७ रुपैयाँ अनियमितता गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्