
प्रहरी वृत्त बलम्बुमा तोडफोड र आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बलम्बुमा तोडफोड र आगजनी गरेको आरोपमा काठमाडौं चान्द्रागिरि नगरपालिका-८ मातातीर्थका ३७ वर्षी कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बु कार्यालय भवन तोडफोड तथा सवारी साधनमा आगजनी गरी क्षति पुर्याएको घटनाको अनुसन्धान गर्ने क्रममा भिडियो तथा फोटोको आधारमा उनी पक्राउ परेका हुन् ।
उनलाई मातातीर्थमा लुकिछिपि बसिरहेको अवस्थामा बिहीबार पक्राउ गरि थप आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाएको छ ।