जेनजीको आह्वानमा भदौ २३–२४ गते भएको आन्दोलन र त्यसपछिका घटनाक्रममा भूराजनीति र सेनाको भूमिकाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
भदौ २४ गते सेनाले देशका ऐतिहासिक संरचना जोगाउन नसकेको भनेर आलोचना भइरहँदा नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय सेनाको भूमिका सकारात्मक भएको बताउँछन् ।
आदेश नपाएर पनि सेनाले हदसम्मको जिम्मेवारी लिएर राजनीतिक दलका नेताहरूलाई बचाएको उपाध्यायको विश्लेषण छ । राष्ट्रिय सुरक्षा परिषदबाट समयमै परिचालन भएको भए भदौ २४ को नोक्सानी कम हुने उनको विश्लेषण छ ।
‘राजीनामा गरेर जाँदै गरेको प्रधानमन्त्रीले सेना परिचालनको निर्णय गर्न चुक्नुभयो । राष्ट्रपति पनि संविधानको प्रबन्धले बाँधिएका बेला भ्याकुममा सेनाले रोल प्ले गरेर श्वास फेर्ने बाटो बनाइदिएको हो,’ उपाध्यायको विश्लेषण छ ।
पूर्वराजदूत उपाध्यायले भारत, चीन, अमेरिका र पश्चिमा शक्तिलाई विश्वासमा नलिई नेपालमा चुनाव र शान्ति हुन नसक्ने बताए ।
चुनावले समस्या समाधान गरे पनि/नगरे पनि यतिबेला भारत नेपालमा चुनावको पक्षमा रहेको पूर्वराजदूत उपाध्यायको विश्लेषण छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुशीला कार्कीलाई दिएको बधाईलाई उपाध्यायले अनौठो बधाईको संज्ञा दिए ।
भदौ २४ पछिको अवस्थामा छिमेकीले आफूपछि परेको महसुस गरेका हुन् ? अबको निकास प्रतिनिधिसभा पुन:स्थापना कि चुनाव ? अस्थिरतामा फसेको देशको निकासका लागि जिम्मेवारी कसले लिने ? यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी, हेर्नुहोस्, भिडियोमा :