१५ असार २०८३, सोमबार

चित्लाङमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

कात्तिक १९, २०८२
काठमाडौं
चित्लाङमा नेपाल टेलिकमको एफटीटीएच सेवा विस्तार

नेपाल टेलिकमले मकवानपुरको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (एफटीटीएच) सेवाको विस्तार गरेको छ ।

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको थाहा नगरपालिका-९ मा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा यही कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवासहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको शुरूआत भएको हो । 

ग्राहकको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थामा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । 

हाल रेडियो रेडियो ब्याकहउलबाट सेवाको शुरूआत गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै फाइबर रेडियो ब्याकहउलबाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्