०३ असार २०८३, बुधबार

ओमानले श्रम सम्झौता अन्तिम रूपमा नेपाललाई पठायो

कात्तिक १९, २०८२
काठमाडौं
ओमानले श्रम सम्झौता अन्तिम रूपमा नेपाललाई पठायो

ओमानले नेपालसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिँदै नेपाल सरकारलाई पठाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले नेपालले पठाएको मस्यौदामा ओमानले सहमति जनाउँदै स्वीकृत प्रतिलिपि पठाएको जानकारी दिए । 

“हामीले पठाएको मस्यौदालाई ओमानले ठीक छ भनेर पठाएको छ। अब यसलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाउने तयारी गरेका छौँ,” प्रवक्ता घिमिरेले बताए।

सम्झौतामा हस्ताक्षर भई कार्यान्वयनमा गएपछि ओमानमा रहेका तथा नयाँ रूपमा जान चाहने नेपाली कामदारका अधिकार, सुरक्षा र सुविधा सुनिश्चित हुने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्