१६ असार २०८३, मंगलबार

एनआईसी एसिया बैंकका सीईओ शाक्यले गरे पदभार ग्रहण

कात्तिक २०, २०८२
काठमाडौं
एनआईसी एसिया बैंकका सीईओ शाक्यले गरे पदभार ग्रहण

एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले बिहीबार पदभार ग्रहण गरेका छन् ।

यही कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको ७३६ औं बैंठकले उनलाई सीईओमा नियुक्त गरेको थियो ।

​झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्‍याउँदै आएका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

सन् १९९६ देखि तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ्ग यात्रा शुरू गरेका शाक्यले हिमालयन बैंक, तत्कालीन लक्ष्मी बैंक हुँदै सन् २००७ देखि तत्कालीन बैंक अफ एसिया नेपालमा बिजनेस बैंकिङ्ग प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।​

तत्कालीन बैंक अफ एसिया नेपाल र एनआईसी बैंकको मर्जर प्रकृयामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रमुख कार्यकारी अधिकृत शाक्यले मर्जरपछि बनेको एनआईसी एसिया बैंकमा सहायक महाप्रबन्धकको रूपमा कर्पोरेट बैंकिङ्ग प्रमुख भई भूमिका निर्वाह गरेका थिए ।​ 

तत्कालीन सिभिल बैंक, तत्कालीन जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिसकेका शाक्य यस बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनुपूर्व नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्