
जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले थप २ जनालाई झापाबाट पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनीको कार्यालय तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
इप्रका अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई आज दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका- ६ बस्ने २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगर रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इप्रका अनारमनीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।