१९ असार २०८३, शुक्रबार

दिल्ली विस्फोट अपडेट : मृतकको संख्या ११ पुग्यो, हाई अलर्ट जारी

कात्तिक २४, २०८२
काठमाडौं
दिल्ली विस्फोट अपडेट : मृतकको संख्या ११ पुग्यो, हाई अलर्ट जारी

 दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ कारमा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । यस्तै २४ जना घाइते भएका छन्। विस्फोटको कारण अहिलेसम्म स्पष्ट भएको छैन। यस घटनापछि दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता (हाई अलर्ट) जारी गरिएको छ।

दिल्ली प्रहरीका आयुक्त सतीश गोल्चाका अनुसार विस्फोट साँझ ६:५२ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर–१ नजिक चलिरहेको कारमा भएको हो। आगो यति तीव्र फैलियो कि वरपर पार्क गरिएका थप ६ वटा गाडी समेत जलेको समाचारमा उल्लेख छ ।

घटनापछि प्रहरीले पूरै इलाकालाई घेराबन्दी गरेको छ। फरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने वरपरका सीसीटीभी फुटेज जाँच भइरहेको छ। राष्ट्रिय अनुसन्धान एजेन्सी र नेशनल सेक्युरिटी गार्डका टोलीहरू पनि घटनास्थलका लागि पठाइएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाहसँग सम्पर्क गरी घटनाक्रमबारे जानकारी लिएका छन्। घटनास्थलमा अमित शाह पनि पुगेका छन्। सुरक्षा एजेन्सीहरू लगातार अवस्थामाथि नजर राखिरहेका छन् र अनुसन्धान जारी छ।

salt training

कमेन्ट गर्नुहोस्